देश
काठमााडौं । प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग गरिएको हतियार फेला पारेको छ । रायको घरभन्दा उत्तरपश्चिमतर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा रगत लागेको धारिलो हतियार फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
गए राति ८० वर्षीय रायको उनकै निवास सर्लाही चन्द्रनगर गाउँपालिका–१ मा हत्या भएको थियो । उनको टाउकोको बायाँतिरको भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । अनुसन्धानका लागि प्रहरीको टोली धनुषा लालगढबाट कुकुरसहितको टोली लिएर घटनास्थल पुगेको छ ।
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१ १६:२६
प्रतिक्रिया दिनुहोस्