site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीको जवाफ– राजनीतिक क्रियाकलापको अफिस बन्द हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजनीतिक क्रियाकलापको अफिस बन्द नहुने’ भन्दै मध्यरातमा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा उनले राजनीतिक दलहरूबीच ‘एएम कि पीएम’मा सहमति गर्ने भनेर कहीँ कतै उल्लेख नभएको बताए ।

प्रधानमन्त्री ओलीलाई नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले मध्यरातमा किन सहमति गरेको ? उज्यालोमा सहमति गर्दा के हुन्थ्यो ? भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा ओलीले उक्त जवाफ दिएका हुन् ।

“पार्टीहरूका बीचका सहमति एएमभित्र हुनुपर्छ कि पीएमभित्र, कति बजेर कति मिनेट जाँदा हुनुपर्छ, यस्तो कुनै कहीँ कतै छ र ?,” प्रधानमन्त्री ओलीले उल्टै प्रतिप्रश्न गरे ।

उनले सहमति जुनसुकै समयमा हुन सक्ने उल्लेख गरे । “पोलिटिकल एक्टिभिटीको अफिस अफ हुँदैन । घडीको अफिस अफ हुँदैन । समयको गति अफ हुँदैन,” उनले थपे, “समय गतिशील हुन्छ । त्यस बेला थकाइ लागेकाहरू सुत्छन् । थकाइ नलागेकाहरू बस्छन्, काम पनि गर्छन् । लेखक, चिन्तकहरू बस्छन् ।”

उनले विचारविमर्श गर्नेहरू आफ्नो अनुकूल अवस्थामा बस्ने भन्दै सानामसिना विषयमा टाउको दुखाएर समय खेर फाल्न आवश्यक नभएको बताए । यस्ता राजनीतिक सहमतिले कसैलाई मर्का पर्ने भए पनि वर्तमान गठबन्धन देश र जनताको हितमा रहेको उनले जिकिर गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro