site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सदनमा प्रधानमन्त्री ओली र वर्षमान पुनबीच भनाभन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि पहिलोपटक प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम राखिएको थियो । 

सदनमा आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रम अघि बढाए । 

प्रधानमन्त्री रोष्ट्रममा उभिएपछि सभामुखले कांग्रेस सांसद धनराज गुरुङलाई प्रश्न सोध्न अनुमति दिए । 

गुरुङको प्रश्नपछि प्रधानमन्त्रीले पुष्पलाललाई सभ्झिए । 

त्यसपछि उनले गुरुङको प्रश्नमा प्रवेश गरेनन् । उनले संसदमा तथ्ययुक्त धारणा राख्न आग्रह गरे । 

“हामी यस गरिमामय संसद्मा छौं । यहाँ हामी बोल्दा भएका कुरा बोलौं । तथ्ययुक्त कुरा बोल्ने गरौं । पार्टी फरक होला त्यसो भनेर असभ्य तरिका ननिकालौं । झुटको सहारा नलिऔं,” ओलीले भने । 

उनले हिजो संसद्मा विद्युत महसुल टं«क लाइन सम्बन्धि उद्यमी व्यवसायी र उद्योगीबीचको विवाद वार्ताबाट टुंग्याउनुपर्छ भन्ने राखेको भन्दै स्मरण गराए । 

उनले सरकारले पाउने रकम असुल गर्नुपर्ने बताए । ओलीले प्रयोग नगरेको विद्युतको महशुल तिर्नुपर्दैन भनेर आफूले बोलेको सुनाए । 

ओलीले मिनाहा गर्नुपर्छ भनेको भनी गलत धारणा राखेको भन्दै आपत्ति जनाए । 

“म सिरियसली भन्दैछु । मलाई कुनै लप्पन छप्पन गर्नुछैन । मलाई कुनै सेटिङ र विभिन्न खालका तन्त्रहरु पछाडि कुद्नु पनि छैन । मैले देशको हितको पक्षमा लगभग सम्पूर्ण गरेको छु । बाँकी जीवन पनि समर्पण गर्छु क्लिनली,” ओलीले भने । 

ओलीले आफूले असुलउपर गर्नुपर्दैन मिनाहा गर्नुपर्छ भनेको भनि सांसदले बोलेको भन्दै आपत्ति जनाए । 

आजको संसद्मा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले सो विषयमा बोलेका थिए ।  उनले भ्रष्टाचार छोप्नका लागि लाञ्छना नलगाउन आग्रह गरे । 

“कहिले सुन होइन पित्तल चढायो भनेको छ । अनेक प्रकारका फोटा छपाएको छ । अनेक गरेको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन,” ओलीले भने ।

ओलीले प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुन सक्ने बताए । झुटा लाञ्छना लगातार लगाउने कुरामा जवाफदेही हुन आग्रह गरे । 

उनले सुन भनेर पित्तल चढायो भनेर सदनमा नबोल्न आग्रह गरे ।  त्यसैक्रममा माओवादी केन्द्रका सांसद वर्षमानले प्रश्न उठाए । 

“सम्माननीय सभामुख महोदय । सम्माननीय प्रधानमन्त्रीज्यू कुन चाहिँ सन्दर्भमा बोल्दै हुनुहुन्छ । सायद, सभामुखज्यूले कहिँ न कहिँ रुलिङ गर्नुपर्छ होला । प्रश्नोत्तरमा हुनुहुन्छ सम्माननीय प्रधानमन्त्रीज्यू,” पुनले भने । 
त्यसपछि सभामुखले आसन ग्रहण गर्न आग्रह गरे । 

प्रधानमन्त्रीले प्रश्नोत्तर गरिरहेको बताए । त्यसपछि वर्षमानले कार्यकर्ताहरुलाई गाली गर्न आएको हो कि ? प्रश्नोत्तर गर्न भनि प्रश्न सोधे । 

जवाफमा ओलीले भने कसलाई गाली गरेको छ र ? गाली नगरौं भन्दैछु म उल्टै ।  त्यसपछि सभामुखले भने– माननीय सदस्य बसौं । ध्यानाकर्षण भएको छ । मैले त्यतै लान कोसिस गरिरहेको छु ।”

त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई विषयमा केन्द्रित भएर जवाफ दिन निर्देशन दिए । 

ओलीले आफू विषय केन्द्रित भएको बताए । “सभामुख महोदय, म विलकुल विषय केन्द्रित छु,” ओलीले भने,“संसद्मा उठेका प्रश्नको लिखितको जवाफ दिनुपर्ने । त्यो भन्दा अगाडि अलिखित बीचमा बाटैमा आइपुग्यो ।” 
ओलीले कसैलाई गाली नगरेको भन्दै सचेत जनाए । त्यसपछि लिखित प्रश्नको जवाफ दिन थाले । 
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro