site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५ सचिव र ८३ जना सहसचिवले पाउँदैछन् यसैवर्ष अनिवार्य अवकाश (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कायममुकायम मुख्यसचिवसहित १५ जना सचिव (विशिष्ट श्रेणी) र ८३ जना सहसचिव तह (रा.प.प्रथम श्रेणी)का सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश जाने भएका छन् । 

२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा सबै तहका कुल २ हजार ११९ जना सरकारी निजामती कर्मचारीले अनिवार्य अवकाश पाउने राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।
 
किताबखानाका अनुसार, उमेर हद र सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । यसमा निजामती सेवाबाहेक अन्य सरकारी सेवाबाट अवकाश पाउने कर्मचारीको संख्या जोडिएको छैन । 

गत आर्थिक वर्ष २०८०/८१ मा १९ जना सचिव र ६४ जना सहसचिवसहित २ हजार २६० जना निजामती कर्मचारीले अवकाश पाएका थिए । किताबखानाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ हजार ४ सयभन्दा बढी निजामती कर्मचारीले अनिवार्य अवकाश पाएका थिए ।

चालु आर्थिक वर्ष २०८१/८२ मा ७१ जना विशिष्ट श्रेणीका सचिवमध्ये १५ जनाले अनिवार्य अवकाश पाउने छन् । कायममुकायम मुख्यसचिव लीलादेवी गडतौलाले २०८१ भदौ १५ गतेबाट अवकाश पाउँदै छन् । राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली २०८१ भदौ २२ गतेबाट अनिवार्य अवकाशमा जाने छन् ।
 
चालु आर्थिक वर्षमा अवकास पाउनेमा सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदी पनि छन् । उनले २०८१ कात्तिक ५ गते अवकाश पाउने छन् । 

यस्तै, सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले २०८१ मंसिर १३ गते अवकाश पाउने किताबखानाको विवरणले देखाउँछ । नेपाल कानुन आयोगका सचिव तोयनाथ अधिकारीले २०८१ मंसिर २८ गते अवकाश पाउनेछन् ।

किताबखानाको रेकर्ड अनुसार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई २०८१ माघ २० गते, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि २०८१ फागुन १२ गते अवकाश पाउने छन् । 
भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनेपछि निलम्बित सचिव टेकनारायण पाण्डे पनि २०८१ फागुन १२ गते अनिवार्य अवकाश जानेछन् ।

अर्थसचिव मधुकुमार मरासिनीले २०८१ फागुन १६ गते, गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले २०८१ फागुन १८ गते, राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले २०८२ वैशाख २ गते र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले २०८२ वैशाख ३० गते अनिवार्य अवकाश पाउने किताबखानाले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाले २०८२ वैशाख ३० गते, संघीय संसद सचिवालयका सचिव सुदर्शन खड्काले २०८२ जेठ ३० गते र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले २०८२ असार ५ गते अनिवार्य अवकाश पाउने छन् ।
 
किताबखानाको रेकर्ड अनुसार, चालु आर्थिक वर्षमा १७७ जना उपसचिवले अनिवार्य अवकास पाउने छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा राजपत्रांकित द्धितीय श्रेणी (उपसचिव) तहका १८१ जनाले अवकाश पाएका थिए ।

चालु आर्थिक वर्ष २०८१/८२ मा राजपत्रांकित तृतीय श्रेणी (इन्जिनियर/कम्प्युटर अधिकृत/कर अधिकृत) तहका २५३ जना कर्मचारीले अवकाश पाउने छन् ।  अवकाश पाउने मितिभन्दा ६ महिना अगावै किताबखानाले सम्बन्धित कर्मचारीलाई अवकाश पाउनेबारे जानकारी दिने गर्छ ।

यी हुन् अवकाश पाउन लागेका कर्मचारी

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro