site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनबारे ट्रम्पको प्रतिक्रिया– उनी कहिल्यै ‘फिट’ थिएनन्

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदको उमेदवारी छोडेकोमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उनी कहिले पनि सो पदको उमेदवारका लागि ‘फिट’ नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, "बाइडेन झुठ र फर्जी खबरमा टेकेर राष्ट्रपति पदमा पुगेका हुन् । उनी आफ्नो बेसमेन्टबाट समेत बाहिर निस्केनन् । उनका नजिकका मान्छे जो चिकित्सक र मिडियाका मानिस पनि छन्, उनीहरू सबै जान्दछन् कि उनी राष्ट्रपति पदको लागि सक्षम छैनन् र थिएनन् ।"

उनले दशौँ लाख मानिस सीमा पार गरेर आइरहेको बताए । "उनले हाम्रो देशको लागि के गरे, दशौँ लाख मानिस हाम्रो सीमा पार गरेर आइरहेका छन् । उनीहरूको कुनै जाँच भइरहेको छैन । कैयौँ जेल र मानसिक स्वास्थ्य संस्थाबाट आइरहेका छन्," उनले भनेका छन् ।

बाइडेनको राष्ट्रपति कार्यकालको कारण भारी पीडा उठाउनुपर्ने बताएका छन् । "रेकर्ड संख्यामा आतंककारी आइरहेका छन् । उनको राष्ट्रपति कार्यकालको कारण हामीले भारी पीडा उठाउनुपर्नेछ । तर, उनले जुन नोक्सान पुर्‍याएका छन् त्यसलाई हामीले चाँडै नै ठीक गर्नेछौँ" ट्रम्पले भनेका छन् । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro