site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन् ।  

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आज बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका थिए ।  

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सोही अनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी छ । 

एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दुई दलको बैठकसमेत बसेको थियो । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिए । रासस

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro