site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसभित्र पठन संस्कृतिलाई अभिन्न अंग बनाउनुपर्छ : गगन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र पठन संस्कृतिलाई अभिन्न अंग बनाउनुपर्ने बताएका छन् । 

वीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा कांग्रेस पार्टी कार्यालयमा केन्द्रीय पुस्तकालयको शुभारम्भ कार्यक्रममा उनले पुस्तकालयमार्फत अध्ययनका लागि नयाँ पुस्तालाई प्रेरित गर्नुपर्ने बताए ।  

थापाले पुस्कालयमा वीपी कोइरालाले हातले लेखेको चिठ्ठीलगायत महत्वपूर्ण दस्तावेज राखिएको जानकारी दिए । उनले पुस्तकालयमा अझै धेरै पुस्तक थप्दै जाने बताए । 

पुस्तकालय शुभारम्भ गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस्तकालयमा ३० हजारभन्दा बढी पुस्तक रहेको जानकारी दिए ।

सभापति देउवाले राजनीतिका साथै साहित्यमा पनि वीपीले पुर्याएको योगदानको चर्चा गरे । 

पुस्तकालयमा जोकोही पनि गएर अध्ययन गर्न सकिने कांग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro