site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६१.६१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६१.६१ अंकले बढेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २.५४ प्रतिशतले बढेर २४८५.९४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन नेप्से बढेको भए पनि कारोबार रकममा कमी आएको छ । गएको बिहीबारको तुलनामा ३१ करोड पाँच लाख रुपैयाँले सेयर कारोबारमा कमी आएको हो ।

आइतबार १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार १५ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । कारोबारमा आएका १८१ कम्पनीको सेयर मूल्य बढ्यो । ५६ कम्पनीको सेयर मूल्य घट्यो । बाँकी पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

युनाइडेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बढेको बजारमा सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक बढेर बन्द भएको छ । सर्वाधिक परिसूचक वृद्धि व्यापार समूहको भएको छ । यो समूहको परिसूचक ६.८० प्रतिशतले बढेको छ ।

यस्तै, होटेल तथा पर्यटन समूहको ४.२१ र वाणिज्य बैंक समूहको परिसूचक ३.८६ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro