site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाले ल्यायो ढुवानीतर्फका दुई नयाँ ईभी, कति छ मूल्य ?

काठमाडौं । टाटा मोटर्सले एस ईभीका दुई नयाँ भेरियन्ट नेपालमा सार्वजनिक गरेको छ । टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एस ईभी सीएलबी र एस ईभी फ्ल्याट बेड नेपाल भित्र्याएको हो ।

टाटाले यसको ढुवानीतर्फको ब्रान्ड एस ईभीको माग बढ्दै गएको जनाएको छ । यसबीच कम्पनीले नेपालमा दुई नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।

टाटाका इन्टरनेसनल बिजनेस हेड अनुराग मेहरोत्राले सन् २०२३ मा सार्वजनिक भएयता एस ईभीले व्यवसायीलाई भरपर्दो र प्रभावकारी सेवा दिएको बताएका छन् । उनले नेपालमा ढुवानीका क्षेत्रमा शून्य–उत्सर्जनतर्फ पनि यो महत्त्वपूर्ण कदम रहेको बताए ।

नयाँ ईभी सार्वजनिक गर्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यी दुई नयाँ गाडीले सफा, दिगो र हरित नेपाल बनाउन ठूलो योगदान पुर्‍याउने बताए ।

कति छ मूल्य ?

एस ईभी कन्टेनरको मूल्य २२ लाख ९९ हजार रूपैयाँ छ । यस्तै एस ईभी सीएलबीको  मूल्य २२ लाख ७९ हजार रुपैयाँ र एस ईभी फ्ल्याट बेडको मूल्य २१ लाख ९९ हजार रूपैयाँ छ ।

कम्पनीले ग्राहकहरूलाई सहज सेवा उपलब्ध गराउन २४ सै घण्टा विशेषज्ञसहितको टोली प्रतिबद्ध रहेको जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro