site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद सुमनाको प्रश्न– हेप्न खोजेको हो ? चरित्रहत्या गर्न नखोज्नू 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद्‌मा अल्पमतमा पर्ने भएपछि सत्तापक्ष उपसभामुख इन्दिरा रानामगरको चरित्रहत्या गर्न लागिपरेको आरोप लगाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले उपसभामुखका नाममा ‘मिडिया ट्रायल’ भएको भन्दै आक्रोश पोखिन् ।

“उपसभामुखको नामबाट मिडिया ट्रायल भइरहेकोमा घोर आपत्ति जनाउँछु । यही सदन र सडकबाट अमूक मान्छेलाई भिसा चाहियो भनेर पुतला जलाएको यहीँबाट हैन हाम्रो एमपीहरूले ?,” उनले भनिन्, “खोजौँ, क–कसको लेडरहेड प्रयोग भएको छ । पार्टी र हामी तयार छौँ । तर, मन लाग्यो, मिडिया ट्रायल नगरौँ ।”

Dabur Nepal
NIC Asia

उनले रास्वपा र उपसभाखुलाई ‘हेप्नचाहिँ नखोज्नु होला’ भन्दै थपिन्, “एक वर्षअघिदेखि पत्र बोकेर बस्नुभएको रहेछ, कुन बेला ठोकौँ भनेर ।”

उनले भएजति जायजेथा दान गर्ने मान्छेको चरित्रहत्या गर्न खोजिएको भन्दै असन्तुष्टि जनाइन् । “संवैधानिक परिषद्‌मा अल्पमतमा परेको भए माग्नुहोस्, दिऊँला । तर, कसैको चरित्रहत्या नगर्नुस् । भएभरको जायजेथा अनाथ आश्रममा दिनेको चरित्रहत्या नगरौँ,” उनले भनिन् । 

मानव तस्करी शब्द प्रयोग गरिएकामा आपत्ति जनाउँदै उनले सुरुआतमा भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न चुनौती दिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro