site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हिमालयन १००’ चेसमा रुपेश च्याम्पियन 

काठमाडौं । हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १००औँ वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् । 

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्वाधिक ९.५ अंक जोड्दै उपाधि जितेका हुन् । 

अर्का एफएम क्षितिज भण्डारी ९ अंकसहित उपविजेता भए । पुरुषोत्तम सिलवाल र रामहरि काकीले समान आठ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तम तेस्रो भए । गत वर्षका नेपाल च्याम्पियनसमेत रहेका २१८० रेटेड रुपेशले १०औँ तथा अन्तिम चरणमा राजेन्द्रप्रसाद श्रेष्ठसँग अंक बाँड्नुअघि रुबेश्री चौलागाईं, विनोद तामाङ, भुवनेश्वर चौधरी, धिरेन राई, सुशील चौधरी, पुरुषोत्तम सिलवाल, क्षितीज, सजल न्यौपाने र पुरुषोत्तम चौलागाइँलाई पराजित गर्दै पूर्ण अंक जोडेका थिए । 

क्षितिजले सातौँ चरणमा रुपेशसँग पराजय व्यहोर्नुबाहेक अरु सबै खेल जितेका थिए । पुरुषोत्तमले रुपेश र क्षितिजविरुद्ध मात्रै हार व्यहोरे र अरु आठ खेलमा अंक जोडे । खुला, महिला तथा अरु १५ स्पर्धा समावेश कुल ५४ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा रुपेशले १० हजार, क्षितिजले सात हजार, पुरुषोत्तमले चार हजार, रामहरि (चौथो) तीन हजार र राजेन्द्रप्रसाद (पाँचौँ)ले दुई हजार प्राप्त गरे । 

पुरुषोत्तम चौलागाईं (७), सुशील (७), धिरेन (७), अभिक शाह (७), शैलेन्द्र न्यौपाने (७) शीर्ष १० मा रहँदै समान एक हजार हात पारे । एन्जल महर्जनले ६.५ अंक जोड्दै महिलातर्फ विजेता बनिन् । उक्त स्पर्धामा नेपाल च्याम्पियन सिन्दिरा जोशी (६) दोस्रो र पुनम प्रसाईं (६) तेस्रो भए । 

टाइब्रेकरमा पुनमलाई उछिन्दै सिन्दिरा उपविजेता भएकी हुन् । यसमा प्रथमले तीन हजार, दोस्रोले दुई हजार र तेस्रोले एक हजार प्राप्त गरे । यू–९ गर्ल्समा रुबेश्री (३ अंक), ब्वाइजमा एल्बिक अधिकारी (५) विजेता भए । यू–११ गर्ल्समा नायुमा मगर (३.५ अंक) र ब्वाइजमा अग्रिम सैंजु (६) प्रथम भए । यू–१३ ब्वाइजमा सिद्धार्थ लामा (५ अंक) र सोफिया गुरुङ (२.५) ले सफलता हात पारे । यू–१५ तर्फ ब्वाइजमा आशिष गुप्ता (६.५) र गर्ल्समा विपश्वी अधिकारी (३) ले स्वर्णपदक जिते । 

विद्यार्थीतर्फ कक्षा १० सम्मको स्पर्धामा बुटवलका प्रमिश कुँवर (६ अंक) पहिलो भए । भेट्रान (५५ वर्षमाथि) महेश्वरलाल डंगोल (७ अंक), रेटिङ १९०० मुनि मिसन दाहाल (७.५) र १७०० मुनि सजल न्यौपाने (७) र अनरेटेडमा फूर्वा लामा (६.५) शीर्षस्थानमा रहे । वेस्ट हिमालयनको अवार्ड गर्ल्समा प्रज्ञा पन्त (४.५) र ब्वाइजमा रायान श्रेष्ठ (६ अंक) ले प्राप्त गरे । 

‘फिडे १०० गिनिज वर्ल्ड रेकर्ड्स अटेम्प्ट’ अभियानमा साथ दिन आयोजित हिमालयन १०० मा १०० खेलाडीले स्वीस प्रणालीको आधारमा १० चरणमा प्रतिस्पर्धा गरेका थिए । अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) पनि हो । प्रतियोगिताका विजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य पेमा डोल्मा लामा, वाग्मती प्रदेश बुद्धिचाल संघका पूर्वअध्यक्ष ज्ञानकृष्ण महर्जन, नेपाल स्नुकर संघका अध्यक्ष एवम् काठमाडौं महानगरपालिका वडा नं.११ का जनप्रतिनिधि सरोजकुमार मुल्मी, नेपाल बुद्धिचाल महासंघका पूर्वअध्यक्ष विदुरप्रसाद गौतम, युक्ति फाउन्डेसनकी प्रमुख युक्ति लामा श्रेष्ठ र हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले पुरस्कार प्रदान गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro