site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईटी अवरोधमा ८५ लाख कम्प्युटरमा समस्या, ह्याकरबाट सतर्क रहन आग्रह

वासिंटन । माइक्रोसफ्टले विश्वका करिब ८.५ मिलियन (८५ लाख) कम्प्युटरले शुक्रबार भएको आईटी अवरोधमा काम नगरेको जनाएको छ । यसखालको अवरोध अहिलेसम्मकै खराब भएको जनाउँदै ८५ लाख विन्डो डिभाइसमा भएको असरमा काउडस्ट्राइकले काम गरेको जनाएको छ ।

सुरक्षा कम्पनी क्राउडस्ट्राइकले त्रुटि गरेर करप्टेड सफटवेयर ठूलो संख्याका ग्राहकलाई पठाउँदा यस्तो अवस्था आएको जनाइएको छ ।

माइक्रोसफ्टका उपाध्यक्ष डेभिड वेस्टनले यो संख्या विश्वभरी रहेका विन्डोज मेसिनको एक प्रतिशतभन्दा कम भएको उल्लेख गरेका छन् ।

यसैबीच साइबर सुरक्षा विज्ञहरूले आईटी अवरोधका कारण विश्वभरी नै ह्याकिङको समस्या हुनसक्ने भएकोले सतर्क हुन आग्रह गरेका छन् ।

बिग्रिएको आईटी संरचना आफूले बनाइदिने भन्दै अनाधिकृत ह्याकरले सूचना लिएर गलत काम गर्न सक्ने भएकोले सतर्क रहन सम्बन्ध विज्ञहरूले सतर्क गराएका हुन् ।

बेलायत र अष्ट्रेलियाका साइबर एजेन्सीहरूले यसप्रकारको चेतावनी दिएका हुन् । यसैगरी फेक इमेल, कल र वेबसाइटमार्फत उनीहरूले आफू आधिकारिक भएको दाबी गर्न सक्ने जनाउँदै सतर्क रहन आग्रह गरिएको छ ।

क्राउडस्ट्राइक प्रमुख जर्ज कुर्जले कम्प्युटर फिक्सको लागि डाउनलोड गर्नुअघि कम्पनीका आधिकारिक व्यक्तिसँग कुरा भइरहेको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

शुक्रबार भएको आईटी अवरोधले विश्वभरका विमान कम्पनी, बैंक, मिडिया, स्वास्थ्य संस्था लगायतका निकाय नराम्रोसँग प्रभावित भएका थिए । हालसम्म अधिकांशमा सुधार आइसकेको भए पनि पहिलाको अवस्थामा पूर्ण रूपमा फर्किनसकेको जनाइएको छ । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro