site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विष्णुमतीको बहाव सतर्कता तह आसपास, यी स्थानमा भारी वर्षा
विष्णुमती नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका केही स्थानमा शनिबार बेलुका भारी वर्षा भएको छ । वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ ।

काठमाडौंमा विष्णुमती नदीको जलसतह सतर्कता तह आसपास पुगेको र बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन ५, राति ७ः५५ बजे । काठमाडौं जिल्ला स्थत विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

यस्तै, सिन्धुपाल्चोकका ढुंगे, गोबरे, गुम्थाङ र आसपास मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

“साउन ५, राति ७ः४५ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुंगे, गोबरे, गुम्थाङ र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको, सो क्षेत्र भई बहने मेलम्ची, इन्द्रावती नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाइराखौँ,” सूचनामा भनिएको छ ।

रोल्पा, प्युठान, गुल्मीमा पनि मध्यमदेखि भारी वर्षा भएको छ । “साउन ५, राति ७ः३० बजे । पछिल्लो एक–तीन घण्टामा रोल्पा, प्युठान, गुल्मी र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको र थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाब बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाऔँ,” महाशाखाको सूचनामा उल्लेख छ ।

काठमाडौंको कपनमा समेत भारी वर्षा भएको महाशाखाले जनाएको छ । “साउन ५, राति ७ः२० बजे । काठमाडौंस्थित कपन वर्षा मापन केन्द्रमा पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको, धोबीखोलामा बहाव बढ्ने सम्भावना भएकोले नदीको तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔँ,” सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro