site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्पको टोकाइबाट घाइतेको हेलिकोप्टरमार्फत उद्धार

कालीकोट । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यलाई थप उपचारका निम्ति सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्‍याइएको हो ।

उनी शनिबार बिहान जिल्ला अस्पताल पुगेका थिए । त्यहाँ सर्पको विषको असरलाई नियन्त्रण गर्ने एन्टी स्नेक भेनम नहुँदा थप उपचारका निम्ति कर्णाली प्रदेश अस्पतालमा लगिएको छ ।

Dabur Nepal
NIC Asia

जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । “हवाई उद्धारको शुल्क बिरामीका आफन्तले व्यहोर्ने गरेर हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो,” उनले भने, “जिल्लामा सर्पदंशको उपचार नुहँदा समस्या भएको छ ।”

जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकालाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro