site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा कर्फ्यु घोषणा

काठमाडौं । बंगलादेशमा प्रदर्शन र झडपका घटना बढेपछि कर्फ्यु घोषणा गरिएको छ । प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो ।

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ ।  शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् । 

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले शान्तिसुरक्षा कायम गर्न सेना परिचालन गरिने बताएका छन् । 

बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएको हो । आन्दोलनमा दोहोरो झडप हुँदा ३५ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro