site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई लाख ९९ हजार ४१२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षभन्दा सात हजार ४२५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्षमा एक लाख ७६ हजार ३१६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९/०८० मा  दुई लाख पाँच हजार ६०५ आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए । गत आर्थिक वर्षमा सार्क मुलुकका ३६ हजार ४७१ तथा आव २०७९/०८० मा ३७ हजार ९३५ पर्यटक भित्रिएका थिए । 

Dabur Nepal
NIC Asia

अन्य मुलुकका विदेशी पर्यटक गत आर्थिक वर्षमा ९४ हजार ५० यहाँ घुम्न आएका थिए भने आव २०७९/०८० मा ५५ हजार ८७२ जनाले निकुञ्जको अवलोकन गरेका थिए । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका सूचना अधिकारी तिवारीले जानकारी दिए ।  
 
गत आवमा अघिल्लो आवको तुलनामा तेस्रो मुलुकका पर्यटकको यहाँ आगमन बढेको पाइएको छ । निकुञ्जमा पर्यटकको आगमन बढेसँगै राजस्वमा समेत वृद्धि भएको छ । सूचना अधिकारी तिवारीका अनुसार गत आवमा पर्या–पर्यटनबाट रु ३० करोड ५७ लाख राजस्व संकलन भएको छ । 

अघिल्लो आवमा यो रकम २२ करोड ९४ लाख रहेको थियो । आव २०७८/०७९ मा एक लाख ९० हजार ४५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । यो आवमा ११ करोड ४९ लाख ९७ हजार ४१३ राजस्व संकलन भएको थियो ।
 
यसैगरी, आव २०७७/०७८ मा ९८ हजार ९२८ पर्यटक भित्रिँदा रु तीन करोड ५० लाख ८३ हजार ३७६ राजस्व संकलन भएको थियो । आव २०७६/०७७ मा रु १९ करोड ९२ लाख ५५ हजार राजस्व संकलन भएको थियो ।

निकुञ्ज स्थापनासँगै आव २०३१/०३२ देखि पर्यटकको तथ्यांक राख्न थालिएको हो । सो आवमा ८३६ पर्यटकले मात्र निकुञ्ज घुमेको तथ्यांक छ । सो आवमा रु एक लाख ४० हजार राजस्व संकलन भएको थियो । आव २०३२/०३३ मा दुई हजार २०६ पर्यटकले निकुञ्जको भ्रमण गर्दा रु दुई लाख एक हजार राजस्व संकलन भएको थियो ।
 
सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका रुपमा मनाइरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रचार भइरहेकाले यहाँ आउने पर्यटकको संख्या बढेको बताए । भ्रमण वर्षमा आउने पर्यटकको मुख्य गन्तव्य निकुञ्ज रहेको उनले उल्लेख गरे । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro