site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम्’ बनाउने, निर्देशक कुमार कट्टेल

काठमाडौं । हास्य टेलिचलचित्र ‘सक्किगोनि’को निर्माण टिमले कथानक चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । कलाकार कुमार कट्टेलको जन्मदिनको अवसर पारेर चलचित्र ‘लाज शरणम्’को निर्माणकाे औपचारिक घोषणा गरिएको हो । 

चलचित्र कुमारले निर्देशन गर्नेछन् । कथा पनि उनी स्वयंले लेखेका छन् । नवीन श्रेष्ठ निर्माता र रामनरेश शाह सह–निर्माताको रूपमा रहनेछन् ।

चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ । मुकुन्द श्रेष्ठले १२ वर्षपछि चलचित्रमा पुनः काम गर्न लागेका हुन् । 

चलचित्र फागुन १४ प्रदर्शनमा ल्याउने तयारी रहेको निर्माणपक्षले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro