site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग र श्रममन्त्रीसँग सीएनआईको छलफल : महसुस हुने गरी सरकारले काम गर्ने प्रतिबद्धता

काठमाण्डौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । शुक्रबार मन्त्रीद्वयलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।

परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निरन्तर घट्दो अर्थतन्त्रलाई माथि उकास्न औद्योगिक उत्पादन, निर्माण क्षेत्र र थोक तथा खुद्रा क्षेत्रलाई चलायमान बनाउन आग्रह गरे । यी क्षेत्रमा आएको निराशाका कारण समग्र अर्थतन्त्र संकुचित भएको उनले बताए ।

युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न मुलुकमा औद्योगिकरणलाई बढावा दिइनुपर्नेमा उनले जोड दिए । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्ने र लगानी गर्न सक्ने विश्वासको वातावरण बनाइनुपर्ने उनको भनाइ छ ।  

सो अवसरमा उद्योगमन्त्री भण्डारीले कोभिड–१९ पछि बिग्रिएको अर्थतन्त्रलाई जसरी पनि उकास्नुपर्ने बताए । प्रधानमन्त्रीले महसुस हुनेगरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएको भन्दै अर्थतन्त्रको सुधार उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीले बताए ।

यसैगरी श्रममन्त्री भण्डारीले यो सरकारप्रति आश र भरोसा रहेको बताए । मन्त्री भण्डारीले आफूले यसअघि राखेका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने समेत बताए ।  

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, भीम घिमिरे, उद्योग समिति सभापति लक्ष्मीप्रसाद सुवेदी, रोजगारदाता परिषद् सभापति धु्रव रिजाल, महानिर्देशक डा. घनश्याम ओझा लगायतले सुझावसहित बधाई दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro