site stats
बाह्रखरी :: Baahrakhari
देश
क्रिकेटर सन्दीपलाई सफाइ दिँदा यस्ता लिइयो आधार (पूर्णपाठसहित) 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । 

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलाको पूर्णपाठमा उमेर पुगेका साबालिगहरुको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने उल्लेख छ ।

“पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै याचना गरेको भन्ने तथ्यलाई वोजनी होटल नगरकोटका सुपभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुबाजी थापामगर, होटल इनका वेटर सविन श्रेष्ठ, रिसेप्सनिस्ट अनिश श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटलमा जान पीडितको सहमति रहेको पुष्टि भएको छ,” फैसलाको पूर्णपाठमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्