site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अब उद्योग र व्यावसायिक क्षेत्र निराश हुनुपर्दैन : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दी र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

शुक्रबार प्रदेश राजधानी विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अब नयाँ परिस्थितिअनुसार अगाडि बढेको दाबी गरे । “संघ र प्रदेशमा अब स्थायित्व दिने गरी अघि बढेका छन् । व्यवसायी र नागरिकमा उत्साह आएको छ । अब निराश हुनु पर्दैन,” मुख्यमन्त्री कार्कीको भनाइ छ ।

उनले आर्थिक क्षेत्रका लागि महत्त्वपूर्ण भए पनि आफ्नो क्षमताअनुसार काम गर्न नसकेको जिकिर गरे । विराटनगरले आर्थिक क्षेत्रलाई अघि बढाउनु पर्ने गरी काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे । भने, “हाम्रा समाजिक सोच र चिन्तनले महिलाहरूलाई पछाडि पारिएको छ । उचित अवसर दिएमा पुरुषभन्दा राम्रो काम गर्न सक्नुहुन्छ ।”

माहेश्वरी महिलाले पनि समाज परिवर्तन र व्यवसायिक क्षेत्रमा राम्रो काम गरेकोमा प्रशंसा गरे ।

मञ्चकी अध्यक्ष ललिता जाजुले महिलालाई आत्मनिर्भर बनाउन र समाज सेवामा लाग्नका लागि संस्था सक्रिय रहेको सुनाइन् । दुई दिनसम्म सञ्चालन हुने मेलामा महिलाका विभिन्न स्टलहरू राखिएका छन् । गरगहनादेखि कपडा एवं सजावटका सामग्री मेलामा छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro