site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपसभामुखको पत्र, रास्वपाभित्रै सामसुम ! भन्छिन्– गरिबले कहिल्यै सिफारिस नपाउने ?

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासका लागि लेखेको पत्रले अहिले राजनीतिक वृत्तमा तरंग सिर्जना गरेको छ ।

पाँच जनालाई अमेरिका लैजाने प्रयोजनस्वरुप अन्तवार्ताको समय आफूसँगै मिलाइदिन उपसभामुख रानामगरले लेखेको पत्रले अहिले तरंग सिर्जना भएको छ । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार यो विषयमा केही महिनाअघि पार्टीका शीर्ष तहमा छलफल भएको थियो ।

पार्टीभित्र छलफल हुँदा इलाममा उपचुनावको तयारी भइरहेकाले यो विषय भित्रभित्रै सामसुम पारिएको एक नेताको टिप्पणी छ । उपसभामुखले पैसा लिएर अमेरिका लैजान लागेको हो कि पत्रमात्रै लेखिदिएको भन्ने विषय अझै स्पष्ट भने हुन सकेको छैन ।

Dabur Nepal
NIC Asia

तर पनि पत्र नै लेखिदिन नमिल्नै संसद् सचिवालयकै अधिकारीहरु बताउँछन् ।

उपसभामुखको विदेश भ्रमणको सम्पूर्ण प्रक्रिया संसद् सचिवालयकै अन्तराष्ट्रिय शाखाले गर्ने हुँदा उपसभामुखले सिफारिसमेत गर्न नमिल्ने उच्च अधिकारीहरुको तर्क छ ।

यस विषयमा रास्वपाले भने अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले भने गम्भीर प्रकृतिको काम भएको हुनाले उपसभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

“यो विषय हामीले संसद्कै बैठकमा पनि उठाउनेछौँ,” राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले भने, “उहाँले गम्भीर प्रकृतिको काम गर्नुभएको छ । सहजरुपमा नैतिकता देखाए उहाँको लागि राम्रो हुनेछ ।”

उपसभामुख रानाले भने आफूलाई प्रक्रिया थाहा नभएर त्यस्तो भएको बताउँछिन् । 

“मैले गलत नियतले यो काम गरेको होइन,” रानाले बाह्रखरीसँग बिहीबार अपराह्न कुरा गर्दै भनेकी थिइन्,“म उपसभामुख भएर भर्खर भएर पार्लियामेन्ट आएकी थिएँ, दुई महिना पनि भएकै थिएन । म सगरमाथामा नारी दिवस मनाउन ‘बालकृष्ण’हरुसँगै जान रेडी थिएँ । यत्तिकै मान्छेहरु त्यो आठ मार्चको महिलाहरुको प्रोग्राम ‘सीएसडब्लु ६७’ जान पत्र लिएर आए ।”

उनले आफूलाई पत्र दिन हुने कि नहुने भन्नेबारेमै थाहा नभएको बताइन् ।

“अमेरिकाले त एक वर्षपछिको डेट दिएको छ नि त साधारण मान्छेका लागि, त्यसमा उनीहरु प्रि डेट माग्न आएका थिए ।  मलाई यस्तो लेखिदिनुहुन्छ कि हुँदैन भन्ने नै थाहा थिएन । तर संसद् सचिवालयका अधिकारीसँग सोधेको हुन्छ भनिदिए,” उनले भनिन् ।

उनले सानो विषय मिडियाले उचालेको भन्दै आक्रोश व्यक्त गरिन् ।

“सानो कुरालाई यसरी बढाउने हो भने त यो देशमा केही गर्नै नहुने भयो । गरिबहरूले त कहिल्यै पनि सिफारिस नै नपाउने भए,” रानाले भनिन्, “कसले के गर्छ, कहाँ गर्छ मलाई त के थाहा हुन्छ र ? म आएको एक महिना पनि भएको थिएन त्यसबेला, मलाई के नियम थाहा हुन्छ भन्नुु त ? ब्युरोक्रेटहरुलाई थाहा होला ।” 

राना अहिले भर्खरै पनि अमेरिका पुगेर फर्किएकी थिइन् । अहिलेसम्म आफूले कसैलाई पनि अमेरिका नपुर्‍याएको दाबी गर्दै पार्टीभित्रको छलफलका बारेमा पनि अनभिज्ञता प्रकट गरिन् ।

रास्वपाका एक सांसदले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा शुक्रबार बिहान उपसभामुखले केही महिनाअघि आफूलाई यसबारेमा सामान्यरुपमा जानकारी गराएको भए पनि गम्भीररुपमा नलिएको बताए ।
तर अहिले यति गम्भीर विषयमा पनि पार्टीको शीर्ष तहमा छलफल भएर कसरी सामसुम पारियो भन्ने विषयमा अब बहस हुनुपर्ने बताए ।

“मुकुल ढकालसहित बसेर सामसुम पारिएको भन्ने थाहा भयो,” ती सांसदले भने, “मुकुललाई थाहा हुने हामीलाई नहुने ? कस्तो अवस्था आयो पार्टीभित्र ? अब हामी गम्भीर छलफल गर्छौँ ।”
उनका अनुसार के गर्ने भन्ने विषयमा पार्टीभित्र कुनै छलफल भएको छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro