site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुर्ती, गुट्खा र सोसम्बन्धी कच्चा पदार्थको विवरण समितिमा पेस गर्न निर्देशन
SkywellSkywell

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा सुर्ती, गुट्खा र सोसम्बन्धी कच्चा पदार्थको निर्यात विवरण माग गर्ने निर्णय गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले नेपालमा आयात हुने सुर्ती गुट्खालगायत कच्चा पदार्थको यकिन विवरण समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले चुरोटमा प्रयोग हुने विभिन्न फ्लेवर, क्याप्सुल जस्ता नसालु  पदार्थका कारण स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले त्यस्ता पदार्थको आयातका साथै उत्पादन र प्रयोगमा समेत रोक लगाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

Dabur Nepal
NIC Asia

सुर्तीजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने निर्णय गरेको समिति सभापति अव्दुल खानले जानकारी दिए ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ सरकार गठन भएसँगै मन्त्रालयले गरेका कामहरूको विवरण समय–समयमा सार्वजनिक गरिने बताए । मन्त्रालयभित्र समस्यामा रहेका विषयलाई निर्मम ढंगले छलफल गरेर निष्कर्षमा पुर्‍याउने उनले प्रतिबद्धता जनाए ।  

मन्त्री भण्डारीले उद्योगीहरूको समस्या समाधान गर्न हड्तालमुक्त, लोडसेडिङमुक्त बनाउने नीतिका साथ अघि बढ्ने जिकिर गरे । 

बैठकमा चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन र स्पञ्ज आइरन, विलेट्सको भन्सार महसुल, अन्तःशुल्क तथा उद्योगहरूको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu