site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस मधेस सरकारमा सहभागी हुने, यी चारजना बन्दै छन् मन्त्री
जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंह ।

काठमाडौं । मधेस सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । नेपाली कांग्रेसबाट चार जनाले आजै मन्त्रीको शपथ लिँदै छन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेपछि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले वार्ता थालेका थिए । अर्थसहित चार मन्त्रालय दिने सहमतिपछि कांग्रेस जनमत नेतृत्वको सरकारमा जान तयार भएको हो ।

नेपाली कांग्रेस संसदीय दलले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम पनि टुंगो लगाएको छ । संसदीय दलको निर्णय अनुसार सांसद जितेन्द्र यादव ‘सुनिल’ले अर्थ मन्त्रालय, जनार्दन सिंहले कृषि तथा सहकारी, शेषनारायण यादवले ऊर्जा तथा खानेपानी र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको नेतृत्व गर्ने छन् ।

“आजै शपथको तयारी हुँदै छ,” अर्थमन्त्रीको शपथ लिने तयारीमा रहेका यादवले बाह्रखरीसँग भने । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro