देश
काठमाडौं । झापामा भारी वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा झापाको सनिसचरे वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा हल्कादेखि भारी वर्षा भएको हो ।
उक्त क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य स–साना खोलामा बहाव बढ्नसक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैले तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ७ बजेसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ ०५:२८
प्रतिक्रिया दिनुहोस्