site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिमलताल बस दुर्घटना : नारायणीमा थप एक शव भेटियो

​काठमाडौं । सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप एकजना मृत अवस्थामा भेटिएका छन् । बुधबार बेलुका ८ बजे सशस्त्र प्रहरीले गराएको अपडेअनुसार चितवनको भरतपुर महानगरपालिका–२८ सालबासस्थित नारायणी नदीमा एक पुरुष मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान हुन सकेको छैन ।

योसँगै हालसम्म १९ जनाको शव भेटिएको छ । यसअघि बुधबार साँझ ६ बजेसम्म १८ जनाको शव भेटिएको थियो । आज (बुधबार) सम्म १४ शवको सनाखत भएको छ । अब पाँचजना पुरुषको शवको सनाखत हुन बाँकी छ ।

गत असार २८ वीरगन्जबाट काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए । दुवै बसमा गरी कुल ६५ यात्रु सवार थिए ।

असार २८ गते बिहान ३ बजेतिर नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको भरतपुर महानगरपालिका–२९ मा पर्ने सिमलतालमा दुवै बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा पुर्‍याएको थियो । दुवै बसको अवस्था अहिलेसम्म अज्ञात छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro