site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातबीच सहकार्य 

काठमाडौं । प्रभु बैंक र पोखराको एवन ग्रेटर नेपाल यातायातबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । सम्झौतापछि ट्याक्सी व्यवसायीहरूले प्रभु बैंकमा रहेको खाताबाट सहजरूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेसनबाटै प्राप्त गर्न सक्ने भएका छन् ।

विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणलीमा आबद्ध गराउन प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात बुधबार सम्झौता भएको हो ।

Dabur Nepal
NIC Asia

सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायातको तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरे ।

विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैंकले उपलब्ध गराएको क्यूआरमार्फत बिना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

प्रभु बैंकका गण्डकी प्रदेशका प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा सम्झौता भएको हो ।

व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्यूआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्री उपलब्ध गराइने बैंकले जनाएको छ ।

पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरूसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro