बाह्रखरी फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा पुनः फुटपाथ विस्तार सुरु गरेको छ । फुटपाथ विस्तारलाई रोक लगाउने सडक डिभिजन कार्यालयविरुद्ध पाटन उच्च अदालतबाट अन्तरिम आदेश जारी भएपछि फुटपाथ निर्माणको कार्य पुनः बुधबारदेखि सुरु गरिएको हो ।
महानगरले इन्द्रचोकदेखि जुद्ध सालिकसम्म धमाधम फुटपाट बनाउन थालेको छ ।
महानगरले गएको जेठ १२ गते न्युरोडको फुटपाथ विस्तारका लागि सडक कडान गरेको थियो । तर, सडक डिभिजन कार्यालयले उक्त सडक आफू मातहतको रहेको बताउँदै जेठ २२ गते सडकलाई पिच गरेर पुरानै अवस्थामा ल्याएको थियो ।
हेर्नोस् तस्बिरहरू
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्