site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिंहदरबार परिसरमा आज जे देखियो...
SkywellSkywell

काठमाडौँ । देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा आज अघिपछिभन्दा बढी चहलपहल देखियो ।

मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा(एमाले) बीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भिड आज दिनभर नै देखियो ।

नयाँ मन्त्रीहरूलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन मात्र नभई टाढा–टाढाका जिल्लाबाट नेता तथा कार्यकर्ता सिंहदरबार आइपुगेको देखिन्थ्यो ।

Dabur Nepal
NIC Asia

कतिपय नेता तथा कार्यकर्ताहरू समूहमा जिल्लाबाट गाडी नै रिजर्भ गरी मन्त्रीको नयाँ जिम्मेवारी प्राप्त गरेका आफ्ना नेतालाई शुभकामना दिन आएका थिए । अधिकांश मन्त्रीहरूलाई आज दिनभर माला–खादा लगाउन भ्याइनभ्याइ थियो ।

सबैजसो मन्त्रालयको प्रवेशद्वारमा शुभकामना दिनेको ओहरदोहर बाक्लो देखिन्थ्यो । सिंहदरबार परिसरमा प्रवेश अनुमति (पास) लिन दक्षिण मूलद्वारमा नेता तथा कार्यकर्ता लामबद्ध देखिन्थे ।

नियमित प्रवेश गर्ने कर्मचारीबाहेक आज मन्त्रीहरूलाई बधाई तथा शुभकामनाका लागि पास लिएर जानेको सङ्ख्या करिब दुई हजार ५०० भन्दा बढी रह्यो । सार्वजनिक बिदाका दिनबाहेक अरू दिनमा दैनिक एक हजार ४०० व्यक्ति सिंहदरबार परिसर प्रवेश गर्ने गरेकामा आज दुई हजार ५०० भन्दा बढी व्यक्ति प्रवेश गरेको नेपाल प्रहरीको सिंहदरबारस्थित गणले जनाएको छ ।

गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीका अनुसार उक्त गणले शान्ति सुरक्षाको प्रयोजनका लागि मूल प्रवेशद्वारहरूमा आगन्तुक प्रवेश व्यवस्थित गर्दै आएको छ । 

दक्षिण प्रवेशद्वारमा प्रवेशीलाई पास उपलब्ध गराउन तोकिएका चारवटा झ्यालमा अपराह्नसम्म लाइन बस्नेको घुइँचो थियो । जिल्लाबाट बधाई ज्ञापनका लागि आएका नेता तथा कार्यकर्ताले आ–आफ्ना दलसँग सम्बन्धित मन्त्रीलाई प्राथमिकतामा राखेका थिए भने केहीले समूहमा सबै मन्त्रालय पुगेर शुभकामना दिएका थिए ।

सिंहदरबारस्थित केन्द्रीय चमेना गृहमा भेटिएका कञ्चनपुरका सिद्धार्थ भट्टले मुलुकमा केही नयाँ नभएको अनुभूति भएको बताए ।

उनले भने, “आज सिंहदरबारभित्रका चेहराहरू फरक देखेँ । मान्छेहरूको भिडभाड पनि बढेको देखेँ । देश र जनताका लागि नयाँ सरकारले केही सकारात्मक काम गरिदिए हुन्थ्यो ।’’ 

नेता तथा कार्यकर्ताको भिड सहरी विकास, भौतिक पूर्वाधार, श्रम तथा यातायात, युवा तथा खेलकुद, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइमा बढी देखिन्थ्यो । कतिपय नयाँ मन्त्रीलाई शुभचिन्तक, आफन्त, साथीभाइ र नेता तथा कार्यकर्ताबाट पहिरिएको माला तथा खादा ग्रहण गर्ने र भेटघाटका लागि समय मिलाउन हम्मेहम्मे परेको थियो ।

आर्शिवाद दिन आएका पाहुना पनि व्यक्तिगत र समूहमा तस्बिर लिन तँछाडमछाडमै व्यस्त थिए । कतिपय ठाउँमा खादा र मालाको थुप्रो असरल्ल देखिन्थ्यो । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu