site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नदी किनाराका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो (फैसलासहित)

काठमाडौं । काठमाडौं उपत्यकाभित्र नदी किनाराामा रहेका सुकुम्बासी बस्ती हटाउने मेयर बालेन्द्र (बालेन) शाहको योजना कार्यान्वयनको बाटो खुलेको छ । 

महानगरका मेयर बालेन पटक पटक डोजर लिएर बस्ती भत्काउन पुगे पनि अदालतकै आदेशका कारण रोकिँदै आएका थिए । ०६८ वैशाख ९ गते दायर भएको रिटमा गत पुसमा फैसला भएको थियो । फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै बालेनलाई आफ्नो योजना कार्यान्वयन गर्ने बाटो खुलेको हो । 

Dabur Nepal
NIC Asia

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले नदीमा प्रदूषण नियन्त्रण गर्न तथा नदी किनाराका जग्गाको अतिक्रमण हटाउन परमादेश जारी गरेको छ । जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ताहरू प्रकाशमणि शर्मा, नारायण बेल्बासे, रमा पन्त खरेलसहितका ६ जनाले ०६८ सालमा रिट दायर गरेका थिए । सो रिटमा न्यायाधीशद्वयले गत पुस ३ गते गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो । 

पूर्णपाठले सुकुम्बासीहरूलाई विकल्प दिएर नदी किनारााका बस्ती हटाउन बाटो खोलिदिएको छ । “वास्तविक सुकुम्बासीहरूको पहिचान गरी इचुंगुनारायणमा बनाइएको आवासमा स्थानान्तरण गर्न, त्यसले नपुगे आवश्यक संख्यामा अन्यत्र आवास निर्माण गर्न र ती स्थानहरूमा जान नचाहने तत्काल वैकल्पिक व्यवस्था नभएका वास्तविक सुकुम्बासीहरूको हकमा स्थानान्तरणको सहजीकरणका लागि तत्काल राहतको रूपमा नगद प्रदान गरी अतिक्रमण हटाउनू,” सर्वोच्चको परमादेशमा भनिएको छ ।

फैसलामा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको विकल्पमा ‘अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास प्राधीकरण’ बनाउन र त्यो नगर्दासम्म समितिमा उत्यकाका र सबै पालिकाका प्रमुख रहनेगरी गठन आदेश संशोधन गर्न पनि परमादेश भएको छ । 

यस्तो छ फैसला

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro