site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशी नागरिक भारतीय पासपोर्ट बनाएर किन आउँदै थिए नेपाल ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय पासपोर्ट लिएर नेपाल छिर्न खोजेका एक बंगलादेशी नागरिकलाई रक्सौलस्थित भारतको अध्यागमन कार्यालयले पक्राउ गरेको छ । 

३८ वर्षीय जीएम सोहाग नामका ती व्यक्ति दक्षिण मध्य बंगलादेशको पतुआखली जिल्लाका हुन् । उनी बंगलादेशबाट अवैध रूपमा भारत छिरेर भारतीय पासपार्ट बनाएर नेपाल छिर्ने क्रममा विहारको पूर्वी चम्पारण जिल्लामा आइतबार पक्राउ परेका हुन् ।

उनी भारतीय पासपोर्ट देखाएर नेपालतर्फ छिर्न लागेका थिए । भारतीय प्रहरीका अनुसार सो पासपोर्टमा उनको नाम जाभेद मोहम्मद लेखिएको थियो र ठेगाना पश्चिम बंगालको हुग्ली जिल्ला राखिएको थियो ।

उनका गतिविधि शंकास्पद लागेर अध्यागमन कार्यालयले उनलाई छानबिनका लागि नियन्त्रणमा लिएको थियो । उनको झोलामा खानतलासी गर्दा त्यहाँ बंगलादेशी पासपोर्ट पनि भेटिएको हरैया प्रहरी पोस्टका प्रहरी अधिकारी अन्जान कुमारले बताएका छन् ।

अनुसन्धानका क्रममा सोहागले केही वर्षअघि आफू भ्यालिड भिसामा भारत भ्रमणमा आएकोमा पछि अवैध रूपमा पुनः भारत आएको र कोलकातामा बस्न थालेको बताएका छन् । 

त्यसैक्रममा उनले भारतको पासपोर्ट र आधारकार्ड बनाएका थिए । ती दुवै कागजातमा उनको नाम जाभेद मोहम्मद लेखिएको उनले बताएका छन् । सोहागले नेपालमा आएर कोरिया जाने योजना बनाएको अध्यागमनका एक अधिकारीले बताएका छन् । हिन्दुस्तान टाइम्स

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro