site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११ जनाको शव फेला, ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा गेग्य्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुई बस र तीनमा रहेका यात्रुको खोज तथा उद्धारकार्य जारी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बेपत्ता यात्रुमध्ये सोमबार बिहानसम्म ११ जनाको शव भेटिएको छ । भेटिएका मध्ये पाँच शवको सनाखत भएको प्राधिकरणले जनाएको छ ।

यही असार २८ गते वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतिर जाँदै गरेको वाग्मती प्रदेश ०३ ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई सिमतालमा गेग्य्रान बहावले बगाउँदा त्रिशूलीमा खसेका थिए ।

“हालसम्म चितवनका विकास परियार, सर्लाहीका रमितकुमार माझी, भारतका ऋषिपाल साह, जयप्रकाश ठाकुर र सजाद अन्सारीको शव सनाखत भएको छ,” प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाकर्मीले तालिमप्राप्त गोताखोरसहित विभिन्न आधुनिक उपकरणको प्रयोग गर्दै घटनास्थलदेखि ४० किलोमिटर तल गण्डक बाँधसम्म खोजीकार्य गरिरहेका प्राधिकरणले जनाएको छ ।

खोजीकार्यमा ५०० भन्दा बढी सुरक्षाकर्मी, २८ जना तीव्र बहाव भएका नदीमा खोजी गर्न सक्ने तालिमप्राप्त गोताखोर सक्रिय छन् ।

यस्तै, खोज तथा उद्धारमा एयर ड्रोन, वाटर ड्रोन, सोनार क्यामेरा, बाइनाकुलर टेलिस्कोप, शक्तिशाली चुम्बक, बोटलगायत उपकरणको प्रयोग गरिएको छ ।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालसहितको उच्चस्तरीय टोलीले आइतबार खोजी तथा उद्धारकार्यको स्थलगत अवलोकन गरेको थियो । त्यसक्रममा उनीहरूले घटनास्थलमा पुगी पीडित परिवारका सदस्य र उद्धारकार्यमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए ।

बसबाट हाम फाली बाँच्न सफल तीन यात्रुमध्ये सामान्य घाइते दुईजना प्राथमिक उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । एकजनाको शल्यक्रिया गरिएको छ ।

स्थानीय प्रशासनले परिवारजनसँग सम्बन्ध स्थापित गर्ने र भेटिएका शवको पहिचान गर्ने गराउने कार्य गरिरहेको छ ।

पीडित परिवारजनलाई स्थानीय होटेल व्यवसायीसँगको समन्वयमा निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ ।

“नदीमा पानीको बहाव उच्च र तीव्र हुनु एवं पानी धमिलो हुनुका बाबजुद खोजीकार्यलाई थप आधुनिक उपकरणसहित तीव्रता दिइएको छ,” प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro