site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमलताल बस दुर्घटना : २०० मिटर गहिराइसम्म हेर्न मिल्ने डिभाइस प्रयोग

काठमाडौं । त्रिशूली नदीमा हराइरहेको बस र यात्रुको खोजी गर्न उच्च प्रविधिको सोनार डिभाइस प्रयोग गरिएको छ । चितवनको सिमलतालमा गएको शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बस र यात्रुको खोजी गर्न सोमबार बिहानबाट उच्च प्रविधिको डिभाइस प्रयोग गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट आइतबार कुरिनटार लगिएको सो डिभाईसमार्फत खोजीकार्य सुरु गरिएको डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

नेपालमा भएको मध्ये उच्चस्तरको मानिने सोनार प्रविधि पानीमुनि साउन्ड वेभ पठाइ त्यहाँ रहेका वस्तुहरूलाई स्क्यान गरी आकृतिको रूपमा देखाउने प्रविधि हो । यसअघि पनि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सो प्रविधि प्रयोग गरिएको भए पनि त्यसको क्षमता कम भएकोले अपेक्षाकृत परिणाम प्राप्त हुन सकेको थिएन । तर, सोमबार प्रयोग गरिएको सोनार डिभाइस उच्चतम प्रविधिको साधन हो । यसको क्षमता २०० मिटर गहिराइसम्मको जुनसुकै वस्तु पनि पत्ता लगाउने रहेको छ ।

धमिलो पानीमा पनि काम गर्नसक्ने प्रभावकारी मानिएको यो प्रविधिबाट पानीमा फालिएको साउन्ड वेभ तलसम्म रहेका वस्तुसम्म पुगेर स्क्यान गरी आकृतिको रूपमा फिर्ता हुने प्रकारको रहेको छ । मोटर बोटमा जडान गरी लामो दुरीको क्षेत्रफलमा पानीमुनि रहेका सम्पूर्ण वस्तुहरूको आकृति कम्प्युटरमा हेर्न सकिन्छ । यो प्रविधिबाट सफलता मिल्ने विश्वास समेत सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro