site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिमलताल बस दुर्घटना : थप चार शव फेला

काठमाडौं । सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये थप चार जनाको शव भेटिएको छ । तर, उनीहरूको पहिचान हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

प्रशासनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो ।

Dabur Nepal
NIC Asia

यसअघि पाँचजना मृत अवस्थामा भेटिएका थिए । उनीहरूमध्ये गणपति बसका चारजना र एन्जल बसका एकजना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

जसमध्ये चितवनको माडीका २२ वर्षीय विकास रौनियार र भारतको बेतियाका ३० वर्षीय सजाद अन्सारी एन्जल बसमा सवार थिए । भारतकै २८ वर्षीय ऋषिपाल शाह, सर्लाहीको बरथहवाका १९ वर्षीय रमितकुशर माझी र भारतको चम्पारणका ३० वर्षीय जयप्रकाश ठाकुर गणपति बसमा सहवार थिए ।

आफन्तहरूको सहयोगमा उनीहरूको पहिचान गरिएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro