site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी र पहिरोमा परेर एक महिनामा १०८ जनाले गुमाए ज्यान, सबैभन्दा धेरै गण्डकीका
फाइल तस्बिर ।

काठमाडौं । बाढी र पहिरोमा परेर एक महिनामा देशभर १०८ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गएको जेठ २८ गतेदेखि असार ३० गतेसम्म १०८ जनाको ज्यान गएको हो । जसमध्ये सबैभन्दा बढी गण्डकी प्रदेशका छन् ।

प्रहरीको तथ्यांक अनुसार गण्डकीमा ३८ जना, कोसीमा १९ जना, मधेसमा पाँचजना, वाग्मतीमा ९ जना, लुम्बिनीमा २३ जना, कर्णालीमा चारजना सुदूरपश्चिमा आठ र काठमाडौं उपत्यकामा दुई जनाले ज्यान गुमाएका हुन् ।

यस अवधिमा बाढी र पहिरोमा परेर ११९ जना घाइते भएका छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा आठजना, कोसीमा ३१ जना, मधेस ९ जना, वाग्मतीमा सातजना, गण्डकीमा २८ जना, लुम्बिनीमा ९ जना, कर्णालीमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना घाइते भएका छन् ।

त्रिशूलीमा बेपत्ता दुई बसमा सवार यात्रुको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro