site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नैरोबीमा फोहोरको थुप्रोमा आठ महिलाका शव फेला

नैरोबी (केन्या) । नैरोबीको सुकुम्वासी बस्तीको फोहोर फाल्ने स्थानमा आठजनाको शव फेला परेको केन्याका कार्यवाहक प्रहरी प्रमुखले बताएका छन् ।

कार्यवाहक प्रहरी प्रमुख डगलस कान्जाले पत्रकार सम्मेलनमा भने, “तिनीहरूलाई टुक्राटुक्रा पारिएको, सडेको विभिन्न अवस्थामा बोरामा छोडिएको थियो ।”

कान्जाका अनुसार, पहिलो ६ शव शुक्रबार र अरू दुई महिलाका शव शनिबार फेला परेको थियो । उनले भने, “म सबै नागरिकलाई  आश्वस्त पार्न चाहन्छु कि हामी पारदर्शी, विस्तृत र छिटो अनुसन्धान गर्न प्रतिबद्ध छौँ ।”

कान्जाले अनुसन्धानमा सहयोगका निम्ति आह्वान गर्दै यस्ता जघन्य घटनाका दोषीलाई कानुनी कठघरामा ल्याएने बताए ।

गएको महिना सरकारविरोधी प्रदर्शनका क्रममा दर्जनौँ प्रदर्शनकारीको मृत्यु भएको थियो । जनआक्रोश बढेपछि केन्याका प्रहरी प्रमुख जाफेट कुमेले पदबाट राजीनामा दिएका थिए । कान्जाले यसै साता मात्र पदभार ग्रहण गरेका थिए । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro