site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य बिमाको परिमार्जित सुविधा थैलीमा नयाँ के छ ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमाको सुविधा थैलीमा रहेको सेवाको दर परिमार्जन गरेको छ । बोर्डले एक हजार २९० वटा औषधिसहित सुविधा थैलीमा रहेका प्याकेजहरूलाई अपडेट गरेको हो ।

नयाँ दररेट आगामी साउन १ गतेदेखि लागु हुनेछ । बोर्डकी स्वास्थ्य अर्थविद् शुभेच्छा तिवारीको संयोजकत्वमा गठित समायोजन समितिले पछिल्लो एक वर्षयता सेवा शुल्क समायोजनमा गृहकार्य गरेको थियो ।

शुल्क समायोजनका निम्ति सरोकारवालाहरूबाट बोर्डले सुझावसमेत लिएको थियो ।

परिमार्जनपछि के छ नयाँ ?

बोर्डले बिमा कार्यक्रम लागु भएयता पहिलोपटक पूर्णरूपमा प्याकेजमा संशोधन गरेको हो । आंशिक संशोधन सन् २०२२ मा गरिएको थियो ।

सुविधा थैली अन्तर्गतका सेवा सुविधाहरूको परिमार्जित विवरण तथा, २०८१ मा विशेषगरी औषधिहरूको मूल्य संशोधन गरिएको छ ।

यसअघि कायम गरिएको दररेट र अहिलेको बजारको अवस्थालाई अध्ययन गरी नयाँ सूची ल्याइएको बार्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए । “सेवाग्रहीलाई लाभ हुने गरी बजारमूल्य घटेको औषधिको मूल्य घटाउने र बढेकाको बढाउने गरी परिमार्जन गरिएको हो,” डा. बसौलाले भने ।

यसअघि प्याकेजमा एक हजार ३३३ वटा औषधि राखिएका थिए । यो संख्या अहिले एक हजार २९० कायम गरिएको छ । यसअघिको प्याकेजमा एकै प्रकारका केही औषधि दोहोरिएकाले तिनलाई काँटछाँट गरिएको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेल बताउँछिन् । तर, कतिवटा औषधिको मूल्य घट्यो वा बढ्यो भन्नेबारे यकिन विवरण नराखिएको कँडेलले जानकारी दिइन् । परिमार्जित प्याकेजमा ओपीडी टिकटमा रेट ५० रुपैयाँ तोकिएको छ ।

बोर्डले गएको माघमा पछिल्लोपटक ओपीडी टिकटको शुल्क २०० बाट घटाएर ५० र इमर्जेन्सीको ४०० बाट १०० घटाएर रुपैयाँमा कायम गरेको थियो ।

जनरल बेडको शुल्क भने प्रतिदिन २५० रुपैयाँ तोकिएको छ ।

परिमार्जित प्याकेज अनुसार एक हजार २९० मध्ये ३९४ औषधिमात्रै तीन महिनालाई एकैपटक दिन मिल्ने सूचीमा छन् । बोर्डले २०८० मंसिर २७ गते नियमित औषधि सेवन गर्ने बिमितलाई तीन महिनाको औषधि एकैपटक दिने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका निम्ति सबै अस्पताललाई बोर्डले निर्देशन दिएको छ । बिमा प्याकेजमा हाल औषधिसहित ४९८ वटा प्रयोगशाला परीक्षणदेखि भर्ना भएर उपचार गर्नुपर्ने ६६ वटा उपचार सेवा समेतलाई समेटिएको छ ।

यस्तै, दाँतसम्बन्धी १०, नाक कान घाँटीका ३६ शल्यक्रिया आँखासम्बन्धी १२२, स्त्रीरोगसम्बन्धी ६२, मुटु रोगसम्बन्धी ३१, छातीसम्बन्धी ४६, भास्कुलरतर्फ ५६, न्युरोतर्फ १९, हाड जोर्नीसम्बन्धी ८२, क्यान्सरसम्बन्धी १९, जीएस जीआए सम्बन्धी ५४, युरोलोजीसम्बन्धी ५१, मिर्गौलासम्बन्धी १० सेवा पनि छन् ।

त्यसैगरी, ओठतालु तथा अनुहारसम्बन्धी प्लास्टिक सर्जरीमा १०६, अनुहारको हाडजोर्नीसम्बन्धी २० वटा सेवा प्याकेजमा समावेश छन् । रोग अनुसारको शल्यक्रिया पनि यिनै सेवाभित्र समेटिएको छ ।

अपांगता भएका नागरिकका निम्ति आवश्यक २१ खाले उपकरणहरू, चार वर्गका फिजियोथेरापी लगायतका सेवा पनि बिमा प्याकेजमा पर्छन् ।

नयाँ दररेट अनुसार सबैभन्दा कम शुल्क ओपीडीको (५० रुपैयाँ) र सबैभन्दा धेरै न्युरोसम्बन्धी चारवटा शल्यक्रियाको (७० हजार रुपैयाँ) कायम गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro