site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यी हुन् कांग्रेसबाट हुन लागेका मन्त्री (सम्भावित सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन तोडेर कांग्रेस–एमाले गठबन्धन बनेसँगै  पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकार ढलेसँगै राष्ट्पति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसारको सरकारका लागि तीन दिन म्याद तोकेर आह्वान गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्र दाबी प्रस्तुत गरेका छन् । अन्य दाबी नआएको भन्दै आइतबार (आज) बिहान नियुक्तगरी दिउँसो शपथ गराउने तयारीमा राष्ट्रपति कार्यालय छ ।

कांग्रेस र एमालेको मात्र हस्ताक्षरमा बन्न लागेका प्रधानमन्त्रीले यो सरकारलाई दुईतिहाइको बनाउने प्रयत्न जारी राखेका छन् । त्यही प्रयत्न सफल पार्न कांग्रेसले पाउने भनिएका १० मन्त्रालयमा दुई र एमालेले पाउने भनिएका ९ मन्त्रालयमध्ये दुई घटाएर साना दलको भाग बढाइदिने समझदारी कांग्रेस सभापति देउवासँग गरेका छन् ।

Dabur Nepal
NIC Asia

योसँगै कांग्रेसमा आन्तरिक सन्तुलनको समस्या परेको छ । १० मन्त्रालय पाउदा चार डा. शेखर कोइराला समूहको भागमा छुट्टाउन तयार भएका  देउवा अहिले दुईमा मिलाउन शेखरसँग अनुरोध गरिरहेका छन् । तर, शेखरले मानिरहेका छैनन् ।

नेपाली कांग्रेसले पाउने मन्त्रालयको पनि अहिलेसम्म टुंगो लागेको छैन । तर, दुवैतर्फ समान्य खाका भने तयार भएको छ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा देउवाले  सरकारमा पठाउँदै छन् । त्यसबाहेक संस्थापनबाट गृहमन्त्रालयसहित रमेश लेखक जानेछन् भने सहमहामन्त्री किशोरसिंह राठौरलाई पनि सकारमा पठाउने तयारी रहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार त्यसबाहेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा पनि सरकारमा जाने छन् ।

देउवाले सांसद अजय चौरासियालाई पनि मन्त्री बनाउने ती नेताको भनाइ छ । कांग्रेस सभापति देउवाले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको कोटामा दिपक खडकालाई मन्त्री बनाउन लागेको ती नेताले जानकारी दिए । उपसभापति पूर्णबहादुर खड्काको एकमात्र सिफारिसमा संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सभापति समेत रहेका सांसद रामहरि खतिवडाको नाम परेको छ । त्यो सिफारिस देउवा सहमत भएमा खतिवडा मन्त्री बन्नेछन् ।

उता संस्थापनइतरबाट भने सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एक, हृदयराम थानी, रामनाथ अधिकारी र दिपक गिरीमध्ये एकलाई सरकारमा पठाउने गृहकार्य भएको छ । शेखर पक्षका एक नेताका अनुसार यो पक्षबाट तेजुलाल चौधरी र सरिता प्रसाईंमध्ये एकजना मन्त्री बन्नेछन् ।

संस्थापनइतरका अर्का नेताका अनुसार महामन्त्री गगन थापा मन्त्री नबन्ने भनेकाले उनले शेखर समूहमा एक मन्त्री छान्ने छन् । प्रदीप पौडेललाई मन्त्री बनाउने गगनको प्रस्तावमा शेखर सहमत भइसके पनि देउवा असहमत देखिएका छन् । त्यसैले अन्तिममा त्यो कोटामा अर्जुननरसिंह केसी मन्त्री बन्न सक्ने ती नेताको बुझाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro