site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरला नाकामा भवन निर्माण

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको छकोठे एकतले भवन निर्माण गरेको हो ।

कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका निम्ति भवन निर्माण गरिएको जानकारी दिए । “संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ,” उनले भने, “भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।”

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकलाई समस्या भएको थियो ।

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्साकोठा, बैठक हल र कार्यालय प्रयोजनका निम्ति चार कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताए । भवन ४० लाख २५ हजार ९९९ रुपैयाँमा निर्माण गरिएको हो ।

जोमसोम सडक अवरुद्ध, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पूरा हुन नसकेको भवनको प्रमुख संरचना तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताए ।

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका निम्ति चीन सरकारले गएको कात्तिकमा १० जना अटाउन सक्ने चार कन्टेनर उपलब्ध गराएको थियो । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  २२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro