site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तनहुँ जलविद्युत् आयोजना : प्रसारणलाइन निर्माण प्रभावित
फाइल तस्बिर ।

तनहुँ । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्याकेज–३ को काम प्रभावित भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारणलाइन निर्माणको काम वन क्षेत्रका कारण प्रभावित भएको हो ।

वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखबिरुवा हटाउन स्वीकृति नपाउँदा प्रसारणलाइन निर्माण कार्य प्रभावित भएको आयोजनाका निमित्त प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । प्रसारणलाइन निर्माणका निम्ति रुख कटान गर्न सरकारका तर्फबाट स्वीकृति प्राप्त भइसके पनि स्थानीयस्तरमा सहमति नहुँदा काम प्रभावित भएको उनको भनाइ छ ।

तनहुँतर्फको भागमा समस्या छैन । चितवनतर्फ समस्या रहेकाले समाधान गर्नेतर्फ आयोजना लागिरहेको भण्डारीले बताए ।

Dabur Nepal
NIC Asia

प्रसारणलाइन निर्माणको काम हालसम्म ७३.५ प्रतिशत सकिएको छ । प्रसारणलाइनमा पर्ने ९४ मध्ये हालसम्म ७७ टावरको जग हाल्ने र ६९ को जडान कार्य सम्पन्न भइसकेको छ । तीन टावरको जग हाल्ने कार्य जारी रहेको उनले जानकारी दिए ।

भण्डारीले २० टावरको जग संरक्षण कार्य सम्पन्न भएको बताए । उनका अनुसार, दुई स्थानमा जग संरक्षणको काम भइरहेको छ ।

केईसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण कार्य गरिरहेको छ । प्रसारणलाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य थियो । तर, कोभिड–१९ महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद थप गरिएको थियो । प्रसारणलाइन निर्माणको अवधि वि.सं. २०८१ पुस ४ गतेसम्म छ ।

प्रसारणलाइन निर्माणका निम्ति कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता ०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो । प्याकेज–१ को हालसम्मको प्रगति ३३.२ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माण कार्यका निम्ति सिनो हाइड्रो कर्पोरेसन, चीनसँग ०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो ।

निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले ०७५ माघ ६ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ । भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ ।

टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ । मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको हालसम्म ५६ प्रतिशत प्रगति भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro