site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीमा ओलीको दाबी पेस

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन् । शुक्रबार बेलुका शीतलनिवास पुगेर ओलीले दाबी पेस गरेका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष ओलीसहित दुई दलका नेताहरु शीतलनिवास पुगेर दाबी पेस गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

“राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुभयो, हामीले दाबी पेस गरेर बाहिरियौँ । अब नियुक्ति कहिले हुन्छ हामी भन्न सक्दैनौँ,” बर्तौलाले भने ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरे पनि आज नियुक्ति हुने छैन ।

राष्ट्रपतिले आइतबार बेलुकासम्मको समय दिएका छन् । राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्री नियुक्त हुने स्रोतले जानकारी दिएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी पाएलगत्तै  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरेको केहीबेरमै कांग्रेस  र एमालेका नेताहरुले हस्ताक्षर लिएर शीतलनिवास पुगेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २२:३८
प्रतिक्रिया दिनुहोस्