site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गौर जाँदै गरेको बसले ११७ किलोमिटर दुरी पार गर्न लगाएको थियो आठ घण्टा

काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी दुई यात्रु बस बेपत्ता छन् ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएका हुन् ।

Dabur Nepal
NIC Asia

दुवै बसमा सवार यात्रुको यकिन संख्या अझै खुलेको छैन । तर, काठमाडौं आउँदै गरेको बसमा ४१ जना र काठमाडौंबाट गौर जाँदै गरेको बसमा २७ जना रहेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । गौर जाँदै गरेको बसको झ्यालबाट हाम फालेका तीन जना सकुशल छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय नागढुंगाले राखेको रेकर्डअनुसार काठमाडौंको नयाँ बसपार्कबाट गौरका लागि छुटेको रात्रि बस काठमाडौं छोड्दा ८ बजेर ३० मिटनेमा नागढुंगा पार भएको देखिएको ट्राफिक कार्यालयका अपरेसन कमान्डर सुनिलजंग शाहले जानकारी दिए ।

उक्त बस काठमाडौंबाट ११७ किलोमिटरको दुरी पार गरेपछि भने सिमलतालको पहिरोमा परेको हो । चितवन प्रहरीका अनुसार पहिरो राति साढे ३ बजेको समयमा गएको थियो ।

उक्त बसले ११७ किलोमिटरको दुरी पार गर्न आठ घण्टा लगाउँदा पहिरोमा परेको हो । सामान्य अवस्थामा काठमाडौंबाट नारायणघाट पुग्न पाँचदेखि ६ घण्टा लाग्छ ।

तर, नारायणघाट पुग्नुअघि नै बस पहिरोमा परेको हो । चितवन प्रहरीका (डीएसपी) भेषराज रिजालका अनुसार निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड र वर्षाका कारण पछिल्लो सयम नारायणगढ–मुग्लिन सडकखण्ड पार गर्न आठ देखि १० घण्टा लाग्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro