site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डले भने– ओली भन्नुहुन्छ, सहमति भएको छैन , देउवा भन्नुहुन्छ– ढाँट्न जान्दिनँ 
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई राष्ट्रिय सहमतिको सरकारको विषयमा झुट बोेलेको बताएका छन् । १७ गते मध्यरातमा सहमति गरे पनि १८ गते बिहान आफूसँग संवाद हुँदा सहमति होइन भनेर ओलीले झुट बोलेको उनले बताए । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले दुई दलको बीचमा सहमति भएर हस्ताक्षर भइसके पनि आफूलाई भने गुम्रहामा राखिएको टिप्पणी गरे । 

KFC Island Ad
NIC Asia

“१७ गते राति सहमति भइसकेपछि १८ गते बिहान नेकपा एमाले अध्यक्षले केही भएको छैन भन्नुभयो,” प्रचण्डले भने, “मैले पत्रिका देखाएर यी तपाईं र शेरबहादुरजीले हस्ताक्षर गरेको भनेँ तर उहाँले यो कहिलेको फोटो रहेछ भन्नुभयो उहाँले । ढाँटछलको पनि एउटा सीमा हुन्छ नि ।” 

त्यसपछि आफूले शेरबहादुर देउवालाई सम्पर्क गरेको उनले बताए । “शेरबहादुरजीलाई फोन गरेर तीन पार्टी बस्ने हो अनि मात्र के गर्ने भनेर ओलीजीले भन्नुभयो । त्यसैले कांग्रेस सभापतिलाई फोन गरेको भनेँ,” प्रचण्डले भने, “एमाले अध्यक्षले सहमति भएको छैन दिउँसो ४ बजे तीन नेता बसेर टुंगो लगाउने भन्नु भएको छ भनेँ ।” 

Royal Enfield Island Ad

त्यसपछि देउवाले सत्य कुरा बताएको प्रचण्डको भनाइ छ । “अनि सभापतिले म ढाँट्न जान्दिनँ, सहमति भइसक्यो सरी भन्नुहुन्छ । यो तीनवटा बस्न आवश्यक छैन । अब के गर्ने भइसक्यो भनेर आफ्नो शैलीमा भन्नुभयो,” उनले भने, “यस्तो तरिका अपनाउनुपर्छ दुई ठूला दलहरूले ?”

प्रधानमन्त्री प्रचण्डले दिनकै उज्यालोमा खुला रूपमा सहमति गर्न सकिने भन्दै षड्यन्त्र आवश्यक नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro