site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बाँसबारीदेखि बाल मन्दिरसम्मको जमिन खोज्न थालेपछि शक्ति सन्तुलन खल्बलियो : प्रचण्ड 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए । 

“सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो अर्को समूह डरायो,” उनले भने, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्ति सन्तुलन नै खल्बिलिन पुगेको दाबी गरे । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ । 

उनले जनताले आफ्नो शक्ति देखाउने समय आएको बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्