site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् विघटन गर्नेले नैतिकताको पाठ पढाए : प्रचण्ड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाए । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै आपत्ति जनाए । 
 
“आफू अल्प्मतमा परेपछि संसद् विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरुले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो । साथीहरुलाई यति भन्न चाहन्छु यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन,” उनले भने । 

उनले अल्पमतमा परिरहेको बेला एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्