site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले बेलैमा राजीनामा दिएको भए प्राकृतिक विपद् आउने थिएन भनेपछि... 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सांसद प्रभु हजाराले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलैमा राजीनामा दिएको भए प्राकृतिक विपद्बाट जनता बचाउन सकिने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले गएरातिबाट देश शोकाकुल बनेको बताए । “गृहमन्त्रीको कुरा आयो, बाढीपीडितका लागि राहत र हेलिकोप्टरको व्यवस्था गरिएको छ । तर कतै त्यस्तो देखिएन । प्रधानमन्त्रीजी गीत गाउने र सुनाउनमै व्यस्त हुनुहुन्छ । समयमै उहाँले राजीनामा दिएर यो निकास दिएको भए आजको घटना घट्ने थिएन,” यति भनेपछि उनी आफैँ अलमलमा परे । 

उनले साउन र भदौ दुई महिना नाइट बस बन्द गरेर देशलाई निकास दिनुपर्ने उल्लेख गर्दै विपद्बाट जनतालाई जोगाउनुपर्ने बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्