site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाल 'प्रचण्ड'को मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री प्रचण्डले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसद्‌मा विश्वास रहेको प्रस्ताव पेस गर्ने र रास्वपाले पक्षमा मतदान गर्ने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

उनले पार्टीका सांसदहरूलाई प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गर्न ह्विप जारी गरेको पनि बताए ।

"हामीले आज विश्वासको मत प्रस्ताव हुँदै छ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्विप पनि जारी गरेका छौँ," उनले भने ।

आज प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वासको मत लिँदै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu