कला
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘सानो संसार’को अहिले छायांकन भइरहेको छ । चलचित्र आज २२ औँ दिनमा छायांकन भइरहेको छ ।
निर्माता अर्जुनकुमारका अनुसार दसैंको अवसर पारेर घटस्थापनाका दिन (असोज १७ गते)बाट चलचित्र रिलिज हुनेछ । सिद्धार्थ पुडासैनीको निर्देशन रहने चलचित्रमा अर्जुनकुमारको लगानी छ ।
चलचित्रमा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहनेछ ।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्