site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेलाडीलाई परिचय पत्र

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचयपत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच तीन प्रकारका परिचय पत्र प्रदान गरेका हुन् ।

बृहत् राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।

Dabur Nepal
NIC Asia

प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा नि:शुल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परीक्षणको निःशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् ।

सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ । कार्यक्रममा सदस्य–सचिव घिसिङले परिचय पत्रबाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro