खेल
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ राष्ट्रिय पारालिम्पिक कमिटी नेपालबाट युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयबाट सदस्य नियुक्त भएका हुन् ।
पारालिम्पिक कमिटीका सदस्य श्रेष्ठ नेपाल तेक्वान्दो संघका पनि केन्द्रीय सदस्य हुन् ।
राखेपका उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव टंकलाल घिसिङले नवनियुक्त सदस्य श्रेष्ठलाई बुधबार स्वागत गर्दै बधाइ दिए ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ २१:१८
प्रतिक्रिया दिनुहोस्