site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा परराष्ट्रमन्त्री नजाने, परराष्ट्र सचिव लम्साल जाँदै 

काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल आज (बुधबार) भारतको नयाँदिल्ली जाँदै छिन् । नयाँदिल्लीमा यही असार २७–२८ गतेसम्म आयोजना हुने दोस्रो विमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमस्टेक रिट्रिटमा नजाने भएपछि परराष्ट्र सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली जान लागेकी हुन् । 

Dabur Nepal
NIC Asia

देशमा सत्तासमीकरणमा फेरबदल भएपछि परराष्ट्रमन्त्री श्रेष्ठ रिट्रिटमा नजाने भएका हुन् । रिट्रिट हुने दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिँदै छन् । 

रिट्रिटमा विमस्टेक सदस्य राष्ट्रबीच पारस्परिक हित र सहमति भएका क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो अवसरमा विमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र सचिव लम्साल जेठ २९ गते स्वदेश फर्कनेछिन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro